२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

उपाधि दौडमा रहेको लिभरपुललाई धक्का

images

  • २०८१ वैशाख १३, बिहीबार
  • 461
    SHARES
  • उपाधि दौडमा रहेको लिभरपुललाई धक्का

    काठमाडौँ : इङ्ग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानको लिभरपुल एभर्टनसँग पराजित भएको छ। लिभरपुलको घरेलु मैदान गुडिसन पार्कमा गएराति भएको खेलमा एभर्टनले लिभरपुललाई २–० ले पराजित गरेको हो।

    एभरटनलाई घरेलु मैदानमा जित दिलाउन जाराड ब्रान्थवेइटले २७औं तथा डोमिनिक काल्भर्ट लेविनले ५८औं मिनेटमा गोल गरेका थिए। पराजित भएसंगै उपाधि दौडमा रहेको लिभरपुल इङ्लिस प्रिमियर लिगमा धक्का परेको छ।

    ३४ खेलमा ७७ अङ्कसहित आर्सनल शीर्ष स्थानमा छ भने ३४ खेलबाट लिभरपुल ७४ अंकसहित दोस्रो स्थानमा छ। लिभरपुल शीर्ष स्थानको आर्सनल भन्दा ३ अंकले पछि हो। आर्सनल भन्दा लिभरपुल गोलअन्तरमा पछि छ। यस्तै तेस्रो स्थानमा म्यानचेष्टर सिटी रहेको छ तर सिटीले ३२ खेल मात्र खेलेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ