२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

वेस्ट इन्डिज 'ए' विरुद्धको टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा

images

  • २०८१ वैशाख १३, बिहीबार
  • 906
    SHARES
  • वेस्ट इन्डिज 'ए' विरुद्धको टी-२० सिरिजका लागि नेपाली टोलीको घोषणा

    काठमाडौँ : वैशाख १५ गते देखि सुरु हुने पाँच टी-२० खेलको सिरिजका लागि क्यानले १६ सदस्य टिमको घोषणा गरेको छ। मध्यक्रमका ब्याटर आरिफ शेख र तीव्र गतिका बलर आकाश चन्द टोलीमा परेका छन्।

    नेपाल र वेस्टइन्डिज ए बीचको पहिलो खेल वैशाख १५ गते शनिबार हुनेछ। 

    नेपालको टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी., अभिनाश बोहरा, विवेक यादव र आकाश चन्द रहेका छन्।

    वेस्ट इन्डिज टोलीमा रोस्टन चेस (कप्तानी) एलिक एथानाज, फेबियन एलेन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याक्वाइ, गुडाकेश मोती, किमो पल, ओशाने थोमस र हेडेन वाल्श रहेका छन्। 

    आगामी जुनमा हुने विश्वकपको लागि तयारीस्वरूप नेपालले वेस्ट इन्डिजसँग शृंखला खेल्न लागेको हो। उक्त शृंखलापश्चात् नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्ने छ।

    विश्वकपमा नेपाल समुह डि मा परेको छ भने समुह डि मा नेपाल संगै बंगलादेश, साउथ अफ्रीका,श्रीलंका र नेदरल्याण्ड रहेका छन्।

    यस्तै, समुह एमा क्यानडा, भारत, आयरल्याण्ड, पाकिस्तान, अमेरिका रहेका छन् भने समुह बि माअष्ट्रेलिया, इंग्ल्यान्ड, नामिबिया, ओमान, स्कटल्याण्ड रहेका छन् तथा समुह सी मा अफगानिस्तान, न्युजिल्यान्ड, पीएनजि, युगाण्डा, वेस्टइन्डिज रहेका छन्।  

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ