काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलोरसँग सनराइजर्स हैदराबाद ३५ रनले पराजित भएको छ। जितसँगै बेंगलोर ९ खेलमा ४ अङ्क सहित दशौं स्थान छ भने हैदराबाद ९ खेलमा १० अङ्कका साथ तेस्रो स्थानमा छ।
गएराति भएको खेलमा बेंगलोरले दिएको २०७ रनको लक्ष्य पछ्याएको हैदराबादले ८ विकेट गुमाएर मात्र १७१रन बनायो। हैदराबादका लागि शहबाज अहमदले सर्वाधिक ४० रन, अभिषेक शर्मा ३१ रन, प्याट कमिन्सले ३१ रन बनाएका थिए।
बलिङमा बेंगलोरका लागि स्वप्निल सिंह, करण शर्मा र क्यामन ग्रीनले समान २/२ विकेट तथा यश दयाल र विल ज्याक्स समान १/१ विकेट लिएका थिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बेंगलोरले २० ओभरमा ७ विकेट गुमाउँदै २०६ रन बनाएको थियो। बेंगलोरका लागि रजत पाटीदारले २० बलमा सर्वाधिक ५० रन बनाएका थिए। यस्तै, विराट कोहलीले ५१ रन, क्यामरन ग्रीनले ३७ रन तथा फाफ डु प्लेसिस २५ रन बनाएका थिए।
बलिङमा हैदराबादका लागि जयदेव उनादकटले ३ विकेट , टि नटरजानले २ विकेट तथा प्याट कमिन्स र मयंक मारकण्डेले समान १/१ विकेट लिएका थिए।



