२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
टी-२० सिरिज

आजदेखि नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको टी-२० सिरिज सुरु हुँदै

images

  • २०८१ वैशाख १५, शनिबार
  • 1.9K
    SHARES
  • आजदेखि नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको टी-२० सिरिज सुरु हुँदै

    काठमाडौँ :  आजदेखि नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको पाँच खेलको टी–२० क्रिकेट सिरिज सुरु हुँदैछ। सिरिजको पहिलो खेल आज दिउँसो १ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ। 

    सिरिजको दोस्रो खेल भोलि आइतबार, तेस्रो खेल वैशाख १९ बुधवार, चौथो खेल वैशाख १९ बिहीबार र पाँचौँ तथा अन्तिम खेल वैशाख १९ शनिवार हुनेछ।

    नेपाली टोली रोहित पौडेल र वेस्ट इन्डिज ‘ए’ रोस्टन चेसको कप्तानीमा सिरिज खेल्दैछ। क्यानले अस्ति बिहीवार घोषणा भएको १६ सदस्यीय टोलीमा ४ खेलाडी थपिएको थियो। कमलसिंह ऐरी, लोकेश बम, विनोद भण्डारी र सागर ढकाल थपिएका छन्। 

    नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी., अभिनाश बोहरा, विवेक यादव, आकाश चन्द, कमलसिंह ऐरी, लोकेश बम, सागर ढकाल र विनोद भण्डारी रहेका छन्। 

    वेस्ट इन्डिज टोलीमा रोस्टन चेस (कप्तानी) एलिक एथानाज, फेबियन एलेन, कादिम एलीने, जोशुआ बिशप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क देयल, आन्द्रे फ्लेचर, म्याथ्यू फोर्ड, ओबेद म्याक्वाइ, गुडाकेश मोती, किमो पल, ओशाने थोमस र हेडेन वाल्श रहेका छन्। 
    आगामी जुनमा हुने विश्वकपको लागि तयारीस्वरूप नेपालले वेस्ट इन्डिजसँग शृंखला खेल्न लागेको हो। उक्त शृंखलापश्चात् नेपाली टोली आईसीसी टी–२० विश्वकपका लागि अमेरिका प्रस्थान गर्ने छ।

    विश्वकपमा नेपाल समुह डि मा परेको छ भने समुह डि मा नेपाल संगै बंगलादेश, साउथ अफ्रीका,श्रीलंका र नेदरल्याण्ड रहेका छन्।

    यस्तै, समुह एमा क्यानडा, भारत, आयरल्याण्ड, पाकिस्तान, अमेरिका रहेका छन् भने समुह बि माअष्ट्रेलिया, इंग्ल्यान्ड, नामिबिया, ओमान, स्कटल्याण्ड रहेका छन् तथा समुह सी मा अफगानिस्तान, न्युजिल्यान्ड, पीएनजि, युगाण्डा, वेस्टइन्डिज रहेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ