काठमाडौँ : इन्डियन प्रिमियल लिग (आइपिएल)मा कोलकाता नाइट राइडर्समाथि पन्जाब किंग्सले ८ विकेटको विश्व ऐतिहासिक जित हात पारेको छ। जितसँगै पञ्जाब ९ खेलमा ६ अङ्क सहित आठौँ स्थान छ भने कोलकाता ८ खेलमा १० अङ्कका साथ दोस्रो स्थानमा छ।
पञ्जाबले आईपीएलमा सबैभन्दा धेरै रनको लक्ष्य पछ्याउने क्रममा जितको नयाँ कीर्तिमान समेत बनाएको छ। गएराति भएको खेलमा कोलकाताले दिएको २६१ रनको लक्ष्य पन्जाबले १८.४ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो। पञ्जाबका लागि जोनी बेयरस्टो ४८ बलमा १०८ रन, प्रभशिम्रन सिंहले २० बलमा ५४ रन, शशांक सिंहले २८ बलमा ६८ रन तथा राइली रोसोउले २६ रन बनाएका थिए।
बलिङमा कोलकाताका लागि एक मात्रै विकेट सुनिल नारायणले लिएका थिए।
त्यसअघि इडेन गार्डेनमा टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाउँदै २६१ रन बनाएको थियो। कोलकाताका लागि ओपनर फिलिप साल्टले ३७ बलमा ७५ रन, सुनिल नारायणले ३२ बलमा ७१ रन बनाएका थिए। यस्तै, वेंकटेश ऐर ३९ रन, आन्द्रे रसेल २४ रन,, श्रेयस ऐर २८ रन, र रिंकु सिंह ५ रन बनाएका थिए।
बलिङमा पञ्जाबका लागि अर्शदीप सिंहले २विकेट, साम करन, हर्षल पटेल, राहुल चाहरले समान १/१ विकेट लिएका थिए।



