२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपालको सानदार विजयी सुरुवात, वेस्ट इन्डिज ४ विकेट पराजित

images

  • २०८१ वैशाख १५, शनिबार
  • 2.6K
    SHARES
  • नेपालको सानदार विजयी सुरुवात, वेस्ट इन्डिज ४ विकेट पराजित

    काठमाडौँ : टी–२० क्रिकेट सिरिज अन्तर्गत पहिलो खेलमा आज नेपालले वेस्ट इन्डिजलाई ४ विकेटले हराउँदै सानदार विजयी सुरुवात गरेको छ।


    वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालका लागि रोहित पौडेलले ४७ बलमा १० चौका र ५ छक्का प्रहार गर्दै सर्वाधिक ११२ रन बनाएका थिए। यस्तै, दीपेन्द्रसिंह ऐरीले २८ रन, कुशल भुर्तेलले १६ रन, कुशल मल्लले १६ रन तथा गुलशन झाले ९ रन र प्रतिश जि.सीले ५ रन बनाएका थिए। 

    बलिङमा वेस्ट इन्डिजका लागि ओबेद म्याककोय र म्याथ्यु फर्डले समान २/२ विकेट तथा किमो पलले १ विकेट लिएका थिए।

    त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ५ विकेट गुमाएर २ सय ४ रन बनाएका थियो।

    वेस्ट इन्डिजका लागि रोस्टन चेसले ४५ बलमा ७४ रन तथा एलिक एथानाजले २५ बलमा ४७ रन बनाएका थिए। यस्तै, केसी कार्टीले ३८ रन, आन्द्रे फ्लेचर १३ रन, र कादिम एलीनेले १४ रन बनाएका थिए। 

    बलिङमा नेपालका लागि रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, अभिनाश बोहरा, कमलसिंह ऐरीले समान १/१ विकेट लिएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ