काठमाडौँ : टी–२० क्रिकेट सिरिज अन्तर्गत अन्तिम खेलमा आज वेस्ट इन्डिजले नेपाललाई १ सय ७३ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७२ रन बनाएका थियो।
वेस्ट इन्डिजका लागि एलिक एथानाजले ४२ रन, रोस्टन चेसले ३३ रन, जोनसन चार्ल्सले २४ रन, मार्क देयल र कादिम एलीनेले समान ११/११ रन, म्याथ्यू फोर्डले २३ रन, तथा फेबियन एलेनले ३ रन बनाएका थिए।
बलिङमा नेपालका लागि सगर ढकाल र सोमपाल कामीले समान ३/३ विकेट तथा अभिनाश बोहराले १ विकेट लिएका थिए।



