२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सिरिजको अन्तिम खेलमा नेपालको सानदार जित, वेस्ट इन्डिज ६ विकेट पराजित

images

  • २०८१ वैशाख २२, शनिबार
  • 876
    SHARES
  • सिरिजको अन्तिम खेलमा नेपालको सानदार जित, वेस्ट इन्डिज ६ विकेट पराजित

    काठमाडौँ : टी–२० क्रिकेट सिरिज अन्तर्गत अन्तिम खेलमा आज नेपालले वेस्ट इन्डिजलाई ६ विकेटले हराउँदै सानदार जित निकालेको छ। पाँच खेलको सिरिज भने वेष्टइण्डिजले ३-२ ले जित्न सफल भयो।


    वेस्ट इन्डिजले दिएको १७३ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्‍यो। नेपालका लागि अनिल शाहले सर्वाधिक ५८ रन बनाएका थिए। यस्तै, आसिफ शेखले ५१ रन, कुशल मल्लले ३७ रन, दीपेन्द्रसिंह ऐरीले ५ रन, कुशल भुर्तेलले १३ रन बनाएका थिए। 

    बलिङमा वेस्ट इन्डिजका लागि ओबेद म्याक्वाइले ३ विकेट र म्याथ्यू फोर्डले १ विकेट लिएका थिए।


    त्यसअघित्रिवि क्रिकेट मैदानमा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७२ रन बनाएका थियो।

    वेस्ट इन्डिजका लागि एलिक एथानाजले ४२ रन, रोस्टन चेसले ३३ रन, जोनसन चार्ल्सले २४ रन, मार्क देयल र कादिम एलीनेले समान ११/११ रन, म्याथ्यू फोर्डले २३ रन, तथा फेबियन एलेनले ३ रन बनाएका थिए।   

    बलिङमा नेपालका लागि सगर ढकाल र सोमपाल कामीले समान ३/३ विकेट तथा अभिनाश बोहराले १ विकेट लिएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ