२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

हैदराबादमाथि मुम्बईको सानदार जित, सूर्यकुमारको शतक

images

  • २०८१ वैशाख २५, मंगलबार
  • 456
    SHARES
  • हैदराबादमाथि मुम्बईको सानदार जित, सूर्यकुमारको शतक

    काठमाडौँ : इन्डियन प्रिमियर लिग (आइपिएल) मा सनराइजर्स हैदराबादलाई मुम्बई इन्डियन्सले ७ विकेटको सानदार फराकिलो जित हात पारेको छ। जितसंगै मुम्बई १२ खेलबाट ८ अङ्क सहित नवौं स्थानमा छ भने हैदराबाद ११ खेलमा १२ अङ्क साथ चौथो स्थानमा छ। 

    हैदराबादले दिएको  १७४ रनको लक्ष्य मुम्बईले १७.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो। मुम्बईका लागि सूर्यकुमार यादवले ५१ बलमा १२ चौका र ६ छक्कासहित १०२ रन  बनाएका थिए। यस्तै, तिलक बर्माले ३७ रन, ओपनर इशन किसनले ९ रन र रोहित शर्माले ४ रन बनाएका थिए।

    बलिङमा हैदराबादका लागि भुवनेश्वर कुमार, मार्को जानसेन र प्याट कमिन्सले समान १/१ विकेट लिएका थिए।

    त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदराबादले ८ विकेट गुमाएर १७३ रन बनाएको थियो। हैदराबादका लागि ट्राभिस हेडले ४८ रन, प्याट कमिन्सले ३५ रन, नितिश रेड्डीले २० रन बनाएका थिए भने अन्य ब्याट्सम्यानले रन बनाउन सकेनन्।

    बलिङमा मुम्बईका हार्दिक पन्ड्या र पियुस चावलाले समान ३/३ विकेट, अंशुल कम्बोज र जस्पृत बुम्राहले समान १/१ विकेट लिएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ