२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कोलकाता आईपीएलको फाइनलमा, हैदराबाद ८ विकेटले पराजित

images

  • २०८१ जेठ ९, बुधबार
  • 586
    SHARES
  • कोलकाता आईपीएलको फाइनलमा, हैदराबाद ८ विकेटले पराजित

    काठमाडौँ : कोलकाता नाइट्स राइडर्स इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ। मंगलबार राति सम्पन्न पहिलो क्वालिफायर खेलमा सनराईजर्स हैदराबादलाई ८ विकेटले पराजित गर्दै कोलकाता फाइनल प्रवेश गरेको हो। 

    यो जितसहित कोलकोता चौथो पटक आईपीएलको फाइनलमा पुगेको छ। हैदराबादले राजस्थान रोयल्स र बेंगलुरबीच हुने एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ।

    हैदराबादले दिएको १६० रनको लक्ष्य कोलकाताले १३.४ ओभरमै मात्र २ विकेटको क्षतिमा पूरा गर्‍यो। कोलकाताका लागि कप्तान श्रेयस ऐयरले सर्वाधिक ५८ रन, वेंकटेश ऐयरले ५१ रन, रहमनुल्लाह गुरबाजले २३ रन तथा सुनिल नरिनले २१ रन बनाएका थिए।

    बलिङमा हैदराबादका लागि कप्तान प्याट कमिन्स र नटराजनले समान १/१ विकेट लिएका थिए।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको हैदराबादले १९.३ ओभरमा सबै विकेट गुमाएर १५९ रन बनाएको थियो। हैदराबादका राहुल त्रिपाठीले ५५ रन, हेनरिच क्लासनले ३२ रन, प्याट कमिन्सले ३० रन बनाएका थिए भने अन्य ब्याटर भने चल्न सकेनन्।

    बलिङमा कोलकाताका लागि मिचेल स्टार्कले ३ विकेट, वरुण चक्रवर्तीले २ विकेट, वैभव अरोरा, हर्षित राना, आन्द्रे रसेल र सुनिल नरिनले समान १/१ विकेट लिएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ