२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

राजस्थानलाई हराउँदै हैदराबाद आईपीएलको फाइनलमा

images

  • २०८१ जेठ १२, शनिबार
  • 476
    SHARES
  • राजस्थानलाई हराउँदै हैदराबाद आईपीएलको फाइनलमा

    काठमाडौँ : सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आईपीएल)को फाइनलमा प्रवेश गरेको छ। गएराति दोस्रो क्लालिफायरमा राजस्थान रोयल्सलाई ३६ रनले पराजित गर्दै हैदरावादले फाइनलमा पुगेको हो। 

    पराजित भएको राजस्थान आईपीएलबाट बाहिरिएको छ। विजयी भएको हैदरावादले कोलकाता नाइट राइडर्ससँग उपाधिका लागि खेल्नेछ।

    हैदरावादले दिएको  १७६ रनको लक्ष्य राजस्थानले २० ओभरमा ७ विकेट गुमाएर १३९ रन मात्रै बनाउन सक्यो। राजस्थानका लागि ध्रुव जुरेलले सर्वाधिक ५६ रन, यशश्वी जैसवालले ४२ रन,टम कोलर क्याडमोर र कप्तान सन्जु सामसनले समान १०/१० रन  बनाएका थिए।

    बलिङमा हैदरावादका लागि शहबाज अहमदले सर्वाधिक ३ विकेट, अभिषेक शर्माले २ विकेट तथा प्याट कमिन्स र नटराजनले समान १/१ विकेट लिएका थिए।

    त्यसअघि एमए चिदम्बरम स्टेडियम चेन्नईमा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले ७ विकेट गुमाएर १७५ रन बनाएको थियो।हैदरावादका लागि हेनरिच क्लासेनले सर्वाधिक ५० रन, ट्राविस हेडले ३४ रन, राहुल त्रिपाठीले ३७ रन, शहबाज अहमदले १८ रन बनाएका थिए।

    बलिङमा राजस्थानका लागि ट्रेन्ट बोल्ट र अवेश खानले ३/३ विकेट तथा सन्दीप शर्माले १ विकेट लिएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ