कात्तिक १४, काठमाडौं : आईसीसी टी–२० विश्व कप छनोट अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज मलेसियासँग खेल्दैछ र खेल त्रिवि मैदान कीर्तिपुरमा दिउँसो साढे १ हुनेछ।
नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ८ विकेटले पराजित गरेको थियो र अन्तिम खेलमा नेपालले १६ गते बिहीबार ओमानसँग खेल्नेछ। यस्तै, आज कीर्तिपुरमा बिहान नौ बजे ओमान र सिङ्गापुर खेल्नेछन् भने मूलपानी क्रिकेट मैदानमा बहराइन र हङकङ तथा दिउँसो साढे १ बजे कुवेत र यूएई खेल्दैछन्।
नेपाल, सिंगापुर, ओमान र मलेसिया समूह ‘ए’ मा छन् भने युएई, बहराइन, हङकङ र कुवेत समूह ‘बी’मा छन्।
आईसीसी टी–२० विश्व कप छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप खेल्न पाउने छन्। त्रिवि र मूलपानी क्रिकेट मैदानमा हुने खेल १९ गतेसम्म चल्ने छ।



