२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

हैदरावादलाई हराउँदै कोलकाताले जित्यो आईपीएलको उपाधि

images

  • २०८१ जेठ १४, सोमबार
  • 416
    SHARES
  • हैदरावादलाई हराउँदै कोलकाताले जित्यो आईपीएलको उपाधि

    काठमाडौँ : कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आइपिएल)को उपाधि जितेको छ। आइतबार सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै कोलकाताले तेस्रो पटक उपाधि जितेको हो। यसअघि कोलकाताले सन् २०१२ र २०१४ मा उपाधि जितेको थियो।

    हैदरावादले दिएको ११४ रनको लक्ष्य कोलकाताले २ विकेट गुमाएर १०.३ ओभरमै पूरा गर्‍यो। कोलकाताका लागि वेंकटेश ऐरले सर्वाधिक ५२ रन, रहमानउल्लाह गुरबाजले ३९ रन तथा सुनिल नारायण र श्रेय ऐरले समान ६/६ रन बनाएका थिए।

    बलिङमा हैदराबादका लागि शहबाज अहमद र प्याट कमिन्सले समान १/१ विकेट लिएका थिए।

    त्यसअघि चेएमए चिदम्बरम स्टेडियम चेन्नईमा टस जितेर पहिला ब्याटिङ गरेको हैदराबाद १८.३ ओभरमा ११३ रन बनाएर अल आउट भएको थियो। हैदराबादका प्याट कमिन्सले सर्वाधिक २४ रन, एडेन माक्ररमले २० रन, नितेश कुमार रेड्डी १३ रन तथा हेनरिक क्लासेनले १६ रन बनाएका थिए।

    बलिङमा कोलकाताका लागि आन्द्रे रसेलले खर्चेर ३ विकेट, मिचेल स्टार्क र हर्षित रानाले समान २/२ विकेट तथा वैभव आरोरा, सुनिल नारायण र बरुण चक्रवर्तीले समान १/१ विकेट लिएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ