काठमाडौँ : आजदेखि आइसीसी टी-२० विश्व कप अघिका वार्म अप खेल शुरु हुदै छन्। नेपालले वार्म अप खेलमा आज क्यानडाको सामना गर्दैछ।
अमेरिकाको डल्लासस्थित क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार राति ९: १५ बजेदेखि शुरु हुदैछ। नेपाल र क्यानडावीच अहिलेसम्म एक मात्र टी-२० अन्तर्राष्ट्रिय खेल भएको छ भने २०२२ को फेब्रुअरी २१ मा भएको सो खेल नेपालले जितेको थियो।
आइसीसीको टी-२० वरियतामा नेपाल १७ औं स्थानमा छ भने क्यानडा २३ औं स्थानमा रहेको छ। नेपालले यो खेलपछि मे ३० मा डलासमै अमेरिकाविरुद्ध खेल्ने तालिका रहेको छ।



