काठमाडौँ : स्पेनिस क्लब रियलले म्याड्रिडले दोस्रो हाफमा दुई गोल गर्दै सिजनको च्याम्पियन्स लिगको उपाधि जितेको छ। लन्डनको वेम्बली स्टेडियममा गएराति भएको फाइनलमा जर्मन टोली बोरुसिया डर्टमण्डलाई २–० गोलले हराउँदै रियलले उपाधि जितेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिदा रियलले ७४औं मिनेटमा डानी कार्भाहलको गोलबाट अग्रता लियो। रियलका लागि ड्यानी कार्भाजालले खेलको ७४ औं र भिनिसियस जुनियरले ८३ औं मिनेटमा गोल गरेका थिए। रियाल मड्रिडले १५औँ पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको छ।
रियाल मड्रिड सन् २०२२ पछि च्याम्पियन्स लिगको च्याम्पियन बनेको हो। डर्टमण्ड सन् १९९७ पछि पहिलो पटक च्याम्पियन बन्ने मौकाबाट चुकेको छ। पछिल्लो पटक डर्टमण्ड सन् २०१३ मा च्याम्पियन्स लिगको फाइनल पुगेको थियो।



