२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

दक्षिण अफ्रिकाले नेपाललाई दियो ११६ रनको लक्ष्य

images

  • २०८१ असार १, शनिबार
  • 686
    SHARES
  • दक्षिण अफ्रिकाले नेपाललाई दियो ११६ रनको लक्ष्य

    काठमाडौँ : अमेरिका र वेस्टइन्डिजमा जारी आइसिसी टि–२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले नेपाललाई ११६ रनको लक्ष्य दिएको छ। आर्नोस भले ग्राण्ड किंग्सटाउनमा भएको खेलमा टस हारेर पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ७ विकेट गुमाएर १ सय १५ रन बनाएका थियो ।

    दक्षिण अफ्रिकाका लागि रीजा हेन्ड्रिक्सले ४९ बलमा सर्वाधिक ४३ रन बनाएका थिए। यस्तै, ट्रिस्टन स्टब्स २७ रन, कप्तान आइदेन मार्करमले १५ र क्विन्टन डी ककले १० रन बनाएका थिए भने अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

    बलिङमा नेपालका लागि कुशल भुर्तेलले सर्वाधिक ४ विकेट तथा दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिएका थिए। सन्दीप लामिछानेले विकेट लिन नसके पनि रन गतिमा नियन्त्रण गरेका थिए। दक्षिण अफ्रिकासामु नेपालका स्पिनरले कसिलो बलिङ गरे।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ