२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कोपा अमेरिकामा अमेरिकाको विजयी सुरुआत

images

  • २०८१ असार १०, सोमबार
  • 336
    SHARES
  • कोपा अमेरिकामा अमेरिकाको विजयी सुरुआत

    काठमाडौँ : कोपा अमेरिका अन्तर्गतको खेलमा अमेरिकाले बोलिभियालाई पराजित गरेको छ । गए राति भएको खेलमा अमेरिकाले बोलिभियालाई २-० ले पराजित गरेको हो ।

    खेलको तेस्रो मिनेटमै अग्रता लिँदै अमेरिकाले बोलिभियामाथि दबाब बढाएको थियो । तेस्रो मिनेटमा अमेरिकाका लागि क्रिस्टन पुलिस्कले गोल गर्दै अमेरिकालाई अग्रता दिलाएका थिए ।

    त्यस्तै पहिलो हाफकै ४४औँ मिनेटमा अमेरिकाले बोलिभियाविरुद्ध पुन अर्को गोल गर्‍यो । ४४औँ मिनेटमा अमेरिकाका लागि फोलारिन बालोगनले गोल गर्दै खेललाई २-० को स्थितिमा पुर्‍याए । त्यसपछि खेलमा कुनै गोल हुन नसक्दा बोलिभिया २-० ले स्तब्ध बन्यो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ