कात्तिक १४, काठमाडौं : टी-२० विश्वकप एसिया छनोटअन्तर्गत आज भएको खेलमा मलेसियाले नेपालसामु जितका लागि १ सय ६६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६५ रनको योगफल बनाएको थियो।
मलेसियाका लागि सैयद अजिजले सर्वाधिक ६८ रन बनाएका थिए। त्यस्तै, जुबइदीलाई २४ रन, शर्विन मुनिन्दी १३ रन,विजय उन्नीले १५ रन बनाएका थिए। अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेकनन्।
बलिङमा नेपालका लागि अभिनाष बोहोराले सर्वाधिक ४ विकेट लिएका थिए। यसैगरी, रोहित पौडेल, सन्दीप लामिछाने, गुल्शन झा समान १–१ विकेट लिएका थिए।
समूह ए मा रहेको नेपालले सोमबार भएको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो।



