कात्तिक १३, काठमाडौं : कुशल मल्ल सानदार ब्याटिङ सहयोगमा नेपालले टी–२० विश्वकप एसिया छनोट खेलमा मलेसियामाथि ६ विकेटको सानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा पुगेको छ।। यस जितसँगै नेपालले प्रतियोगितामा ४ अङ्क जोडेको छ।
नेपालका कुशल मल्लले आक्रमक ब्याटिङ गर्दै २५ बलमा अर्धशतक बनाएका थिए।
जितका लागि मलेसियाले दिएको १६६ रन लक्ष्य नेपालले १८ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। नेपालका लागि कुशल मल्लले सर्वाधिक ६५ रन इनिङ खेलेका थिए। उनले ३४ बलमा २ चौका र ७ छक्काको मद्दतमा ६५ रन बनाएका हुन्। कुशल भुर्तेलले ४३ रन, आसिफ शेखले ३२ रन, सन्दीप जोराले १८ रन तथा रोहित पौडेल र विवेक यादवले समान २ रन बनाएका थिए।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६५ रनको योगफल बनाएको थियो।मलेसियाका लागि सैयद अजिजले सर्वाधिक ६८ रन बनाएका थिए। त्यस्तै, जुबइदीलाई २४ रन, शर्विन मुनिन्दी १३ रन,विजय उन्नीले १५ रन बनाएका थिए। अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेकनन्।
बलिङमा नेपालका लागि अभिनाष बोहोराले सर्वाधिक ४ विकेट लिएका थिए। यसैगरी, रोहित पौडेल, सन्दीप लामिछाने, गुल्शन झा समान १–१ विकेट लिएका थिए।
समूह ए मा रहेको नेपालले सोमबार भएको पहिलो खेलमा सिंगापुरलाई ८ विकेटले पराजित गरेको थियो। नेपालको जितसँगै समूह ए बाट सेमिफाइनल पुग्ने अर्को टिम ओमान बनेको छ। ओमानले मंगलबार बिहान सिंगापुरविरुद्ध जित निकालेको थियो। पराजितसँगै सिंगापुर र मलेसिया भने बाहिरिएका छन्।
बुधबार नेपाल र ओमानसेमिफाइनलमा जित निकाल्दै प्रतियोगिताको फाइनल पुग्ने दुई टिमले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा आयोजना हुने टी-२० विश्वकप खेल्नेछन्।बीच समूह विजेता र उपविजेताका निम्ति प्रतिस्पर्धा हुनेछ।



