२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

टि–ट्वान्टी शृङ्खलामा भारतको जित

images

  • २०८१ असार ३१, सोमबार
  • 591
    SHARES
  • टि–ट्वान्टी शृङ्खलामा भारतको जित

    काठमाडौं:  जिम्बावेसँगको पाँच खेलको टि–ट्वान्टी शृङ्खला भारतले जितेको छ । अन्तिम खेलमा हिजो भारतले जिम्बावेलाई ४२ रनले हराउँदै शृङ्खला ४–१ ले जितेको हो ।

    भारतले दिएको एक सय ६८ रनको लक्ष्य पछ्याएको जिम्बावेले १८ ओभर तीन बलमा एक सय २५ रन मात्र बनाउन सक्यो । जिम्बावेका लागि डिअन मायर्सले सर्वाधिक ३४ रन बनाए । भारतका लागि मुकेश कुमारले चार विकेट लिए ।

    त्यसअघि हरारेमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा एक सय ६७ रन बनाएको थियो । भारतका लागि सञ्जु स्यामसनले सर्वाधिक ५८ रन बनाए । जिम्बावेका लागि ब्लेसिङ मुजराबानीले दुई विकेट लिए ।

    भारतले शृङ्खलाको पहिलो खेलमा हार बेहोरेर त्यसपछिका सबै खेल जितेको छ । भारतको आउँदो शृङ्खला जुलाई अन्तिममा श्रीलंकामा हुनेछ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ