२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
आईसीसी एक दिवसीय विश्वकप

विश्वकपमा पाकिस्तानको सानदार जित, सेमिफाइनल सम्भावना जीवितै

images

  • २०८० कात्तिक १५, बुधबार
  • 661
    SHARES
  • विश्वकपमा पाकिस्तानको सानदार जित, सेमिफाइनल सम्भावना जीवितै

    कात्तिक १५, काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानले बङ्गलादेशलाई ७ विकेटले हराएको छ। तेस्रो जित हात पारेको पाकिस्तानले जितसँगै सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ।

    बङ्गलादेशले दिएको २ सय ५ रनको मध्यम लक्ष्य पाकिस्तानले ३२ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो। पाकिस्तानका लागि फखर जमानले सर्वाधिक ८१ रन र अब्दुल्लाह शफिक ६८ रन बनाएका थिए।

    बलिङमा बङ्गलादेशका मेहिदी हसन मिराजले ३ विकेट लिएका थिए।

    यसअघि कोलकाताको इडेन गार्डेन्समा टस जितेर ब्याटिङ गरेको बङ्गलादेश ४५ ओभर १ बलमा २ सय ४ रनमा अलआउट भएको थियो। बङ्गलादेशका लागि महमदुल्लाहले सर्वाधिक ५६ रन बनाएका थिए। यस्तै, लिटन दास ४५ र कप्तान शकिब अल हसन ४३ रन बनाएका थिए।

    बलिङमा पाकिस्तानका शाहीन अफरिदी र मोहम्मद वसिमले समान ३ तथा हरिस रउफले २ विकेट लिएका थिए।

    जीतपछि ७ खेलबाट ६ अंक बटुल्दै पाकिस्तान अंक तालिकामा पाँचौँ स्थानमा उक्लिएको छ। बंगलादेश भने २ अंकसहित नवौँ स्थानमा छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ