काठमाडौं :एसीसी महिला एसिया कप क्रिकेट अन्तर्गत आफ्नो दोस्रो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । आइतबार राति भएको खेलमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित भएको हो ।
नेपालले दिएको १०९ रनको लक्ष्य पाकिस्तानले ११।५ ओभरमा एक विकेटको क्षतिमा पुरा गर्यो । उसका लागि गुल फिरोजाले अर्धशतक प्रहार गरिन् । ३५ बलको सामना गरेकी उनले १० चौकासहित ५७ रन बनाइन् ।
त्यस्तै मुनिबा अलीले ३४ बलमा ८ चौकासहित नटआउट ४६ रन बनाइन्। नेपालका लागि कविता जोशीले एक विकेट लिइन् ।
त्यसअघि रंगिरि डम्बुला अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०८ रन बनाएको थियो ।



