२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सौर्य एयरको जहाज दुर्घटना जाँचबुझ गर्न आयोग गठन

images

सत्कार खबर
  • २०८१ साउन १०, बिहीबार
  • 571
    SHARES
  • सौर्य एयरको जहाज दुर्घटना जाँचबुझ गर्न आयोग गठन

    काठमाडौं :नेपाल सरकारले आज भएको सौर्य एयरको विमान दुर्घटनाको जाँचबुझ गर्न आयोग गठन गरेको छ।  

    आज आकस्मिकरूपमा बसेको मन्त्रिपरिषद् बैठकले  नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व-महानिर्देशक रतिशचन्द्रलाल सुमनको नेतृत्वमा ५ सदस्यीय जाँचबुझ आयोग गठन गरेको हो। 

    आयोगको सदस्यमा क्याप्टेन दिपुराज ज्वारचन, पुलचोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापक डा. सुदीप भट्टराई, श्री एयरलाइन्सका कर्मचारी सञ्जय अधिकारी रहेका छन्।

    यस्तै एयर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोललाई आयोगको सदस्य सचिव तोकिएको छ। आयोगलाई जाँचबुझ गर्न ४५ दिनको कार्यादेश दिइएको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ