२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

पेरिस ओलम्पिक; खेल सकिएको २ घण्टापछि अर्जेन्टिना हारेको निर्णय

images

सत्कार खबर
  • २०८१ साउन १०, बिहीबार
  • 906
    SHARES
  • पेरिस ओलम्पिक; खेल सकिएको २ घण्टापछि अर्जेन्टिना हारेको निर्णय

    काठमाडौं : पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरोक्कोले अर्जेन्टिनालाई २–१ पराजित गरेको छ। विवाद र अन्योलबीच खेल सकेको दुई घण्टापछि अर्जेन्टिना हारेको निर्णय सुनाइएको हो । खेल सकिएको दुई घण्टापछि खाली रङ्गशालामा मोरक्कोले खेल जितेको निर्णय दिइएको हो ।

    समूह ‘बी’ को सेन्ट स्टेयनमा भएको खेल २–२ को बराबरीमा टुङ्गेको मानिएको थियो । २–१ ले पछि परेको अवस्थामा अर्जेन्टिनाका क्रिस्टियन मेडिनाले दोस्रो हाफको इन्ज्युरी समयको १६ औँ मिनेटमा बराबरी गोल फर्काएका थिए ।  तर त्यो गोललाई भीएआरले मान्यता दिएन । 

    त्यस लगतै दर्शकबाट मैदानमा बोतल फ्यालिएको थियो । केही दर्शक मैदानमा प्रवेश गरेका थिए । त्यसपछि रेफ्रीले खेल सकेको निर्णय गरेका थिए ।

     दुवै टिमले मैदान पनि छाडिसकेका थिए । तर रेफ्रीले खेल सकिएको सङ्केतमा सिठ्ठी भने बजाएका थिएनन् । त्यसपछि खेल सकिएको दुई घण्टापछि खेल मोरक्कोले जितेको निर्णय भएको हो । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ