२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एसिया कप खेलेर स्वदेश फर्किए नेपाली महिला क्रिकेट टोली

images

  • २०८१ साउन १०, बिहीबार
  • 511
    SHARES
  • एसिया कप खेलेर स्वदेश फर्किए नेपाली महिला क्रिकेट टोली

    काठमाडौं : एसिसी महिला एसिया कप क्रिकेट खेलेर नेपाली राष्ट्रिय महिला क्रिकेट टिम स्वदेश फर्किएको छ । बिहीबार स्वदेश फर्किएको नेपाली टोलीलाई क्रिकेट संघ क्यानका पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरेका छन्  ।

    आठ टोली सहभागी प्रतियोगिताको समूह ‘ए’मा रहेको नेपालले तीन खेल खेलेको थियो ।  समूह चरणका तीन खेलमा एक जित र दुई हार खाएको नेपालले भारत र पाकिस्तानजस्ता बलिया प्रतिद्वन्द्वीसँग खेलेको थियो ।

    नेपाल फर्किएपछि नेपाली राष्ट्रिय महिला क्रिकेटकी कप्तान इन्दु बर्माले एसिया कप जस्तो ठूलो खेल खेल्न पाउदा निकै उत्साहित भएको बताउनु भयो । उहाँले खेलमा सक्दो प्रयास गरे पनि सोचेजस्तो नजिता हासिल गर्न नसकिएको बताउनु भयो । बर्माले फिटनेश, बलिङ र व्याटिङमा निकै सुधार गर्नुपर्ने देखिएको उल्लेख गर्नुभयो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ