२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

पेरिस ओलम्पिकमा अर्जेन्टिनाको पहिलो जित

images

सत्कार खबर
  • २०८१ साउन १२, शनिबार
  • 496
    SHARES
  • पेरिस ओलम्पिकमा अर्जेन्टिनाको पहिलो जित

     काठमाडौं : पेरिस ओलम्पिकमा अर्जेन्टिनाले पहिलो जित हात पारेको छ । यू–२३ फुटबल अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा अर्जेन्टिनाले इराकलाई ३–१ ले हराउँदै पहिलो जित निकालेको हो। त्यस्तै समूह ‘सी’ मा स्पेनले लगातार दोस्रो जित निकाल्ने क्रममा डोमेनिक रिपब्लिकलाई ३१ लेनै पराजित गर्यो।

    यसअघि समूहको आफ्नो पहिलो खेलमा अर्जेन्टिनाले अन्तिम समयमा मोरक्को विरुद्ध बराबरी गोल गरेपनि खेल सकिएको २ घन्टापछि अर्जेन्टिनाको अन्तिम गोललाई अमान्य घोषणा गर्दा मोरक्कोले २–१ ले खेलमा जित हासिल गरेको थियो।

    दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा अर्जेन्टिनाले थियागो अल्माडाको गोलमार्फत खेलको १४ औं मिनेटमै अग्रता बनाएको थियो। तर इराकले पहिलो हाफको अतिरिक्त समयमा आयमन हुसेनको गोलमा खेल बराबरीमा ल्यायो।

    यद्यपि दोस्रो हाफमा अर्जेन्टिनाले अग्रता बनायो। लुसियानो गौन्डोउले ६२ औं मिनेटमा जेनोनको आकर्षक क्रसलाई हेड गर्दै टिमलाई २–१ मा पुर्‍याए। टिमका लागि तेस्रो गोल इग्नासियो फर्नान्डेजले ८५ औं मिनेटमा गर्दा अर्जेन्टिनाले सहज जित हासिल गर्‍यो।

    त्यस्तै शनिबारनै भएको समूह ‘सी’ को खेलमा स्पेनले डोमेनिकन रिपब्लिकलाई ३–१ ले पराजित गर्दै क्वाटरफाइनल नजिक पुगेको छ। लगातार दोस्रो जित निकाल्ने क्रममा स्पेनका लागि फर्मिनो लोपेजले २४ औं मिनेटमा पहिलो गोल गर्दा एलेक्स बएना र मगुएल गुल्टेरेजले दोस्रो हाफमा समान १–१ गोल गरेका थिए।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ