२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

काभा महिला भलिबलमा आज दुई वटा खेल हुँदै, पहिलो खेलमा इरान र श्रीलंकाबीच प्रतिस्पर्धा

images

सत्कार खबर
  • २०८१ साउन १८, शुक्रबार
  • 1.0K
    SHARES
  • काभा महिला भलिबलमा आज दुई वटा खेल हुँदै, पहिलो खेलमा इरान र श्रीलंकाबीच प्रतिस्पर्धा

    काठमाडौं: काभा महिला भलिबल लिगमा आज दुई वटा खेल हुँदैछन् । पहिलो खेलमा इरान र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएको छ  । दोस्रो खेलमा माल्दिभ्सले भारतसँग खेल्ने तालिका छ । अब नेपालले दोस्रो खेल भारतसँग भोलि शनिवार खेल्नेछ ।

    काठमाडौं त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हिजो शुरु भएको प्रतियोगितामा उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३–० को सोझो सेटमा हरायो । जीतसँगै नेपालले तीन अंक जोडेको छ ।

    यस्तै हिजैको अर्को खेलमा भारतले इरानलाई ३–१ ले हराएको थियो । प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका माल्दिभ्स र इरानको सहभागीता रहेको छ ।

    नेपालले तेस्रो खेलमा २० गते आइतवार माल्दिभ्ससँग र चौथो खेलमा २१ गते सोमवार इरानसँग खेल्ने तालिका छ । लिग चरणको खेलपछि शीर्ष चारमा रहने टोलीबीच सेमिफाइनल हुनेछ । लिगमा पहिलो र चौथो तथा दोस्रो र तेस्रो टोलीबीच अन्तिम चारमा प्रतिस्पर्धा हुनेछ । फाइनल खेल २३ गते बुधवार हुनेछ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ