कात्तिक १५, काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले न्युजिल्याण्डलाई १९० रनले हराएको छ।
अफ्रिकाले दिएको ३ सय ५८ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्याण्ड ३५.३ ओभरमा १ सय ६७ रनमा अल आउट भयो। न्युजिल्याण्डका लागि ग्लेन फिलिप्सले सर्वाधिक ६० रन बनाएका थिए। यस्तै, विल यंगले ३३ रन र डेरिल मिचेलले २४ रन बनाएका थिए। अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
बलिङमा अफ्रिकाका केशव महाराजले सर्वाधिक ४ र मार्को जेन्सेन ३ विकेट लिएका थिए। यस्तै, जेराल्ड कोट्जी २ तथा कागिसो रबाडाले १ विकेट लिएका थिए।



