२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
टी-२० विश्वकप एसिया छनोट

टी-२० विश्वकप एसिया छनोट : आज नेपाल र ओमानको खेल्दै, सेमिफाइनलको वार्म अप खेल जस्तै

images

  • २०८० कात्तिक १६, बिहीबार
  • 891
    SHARES
  • टी-२० विश्वकप एसिया छनोट : आज नेपाल र ओमानको खेल्दै, सेमिफाइनलको वार्म अप खेल जस्तै

    कात्तिक १६, काठमाडौं : आईसीसी टी–२० विश्व कप छनोट अन्तर्गत सेमिफाइनल पुगिसकेका घरेलु टोली नेपालले आफ्नो अन्तिम खेलआज ओमानसँग खेल्दैछ। नेपाल र ओमानबीचको समूहको अन्तिम खेल आज त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा बिहान ९ बजे सुरु हुनेछ। नेपाल र ‌ओमानबीच टी-२० अन्तर्राष्ट्रिय खेलमा अहिलेसम्म ४ पटक प्रतिस्पर्धा भएको छ। जसमा नेपालले पछिल्ला तीन खेलमा जित निकालेको छ।

    नेपालले पहिलो खेलमा सिङ्गापुरलाई ८ तथा दोस्रो खेलमा मलेसियालाई ८ विकेटको सानदार जित हात पारेको थियो। यता, ओमानले पनि पहिलो खेलमा मलेसियालाई ३२ रन र दोस्रो खेलमा सिंगापुरलाई २२ रनले हराएको थियो।

    त्यस खेलअघि नेपाल र ओमानले सेमिफाइनलमा स्थान पक्का गरिसकेकोले यो खेल वार्म अप खेल जस्तै हुनेछ किनकी यसअघि दुवै टोलीले तुलनात्मक रुपमा केही कमजोर टोलीसँग  प्रतिस्पर्धा गरेका थिए।

    नेपालले सिंगापुर र मलेसियालाई पराजित गर्दा उत्कृष्ट प्रदर्शन गर्दै सहज जित हात पारेको थियो। नेपालले दुवै खेलमा लक्ष्य पछ्याएर जित निकाल्दा ओमानले भने दुवै खेलमा स्कोर डिफेण्ड गरेको थियो।

    आज हुने समूह ‘ए’को अन्तिम खेलमा समूह मलेसिया र सिंगापुर प्रतिस्पर्धा गर्दै छन्। प्रतियोगिताबाट बाहिरिसकेका दुवैका लागि सुखद अन्त्य गर्ने मौका हो। आजनै युएई र हंङकङ तथा बहराइन र कुवेत पनि आमने सामने हुनेछन्। यो खेलपछि मात्र समूह ‘बी’बाट अन्तिम चारमा पुग्ने टिमको टुंगो लाग्नेछ। 


    नेपाल, सिंगापुर, ओमान र मलेसिया समूह ‘ए’ मा छन् भने युएई, बहराइन, हङकङ र कुवेत समूह ‘बी’मा छन्।

    आईसीसी टी–२० विश्व कप छनोटको फाइनल पुग्ने दुई टोलीले अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकप खेल्न पाउने छन्। त्रिवि र मूलपानी क्रिकेट मैदानमा हुने खेल १९ गतेसम्म चल्ने छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ