२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको विजयी सुरुवात

images

सत्कार खबर
  • २०८१ भदौ १, शनिबार
  • 556
    SHARES
  • इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडको विजयी सुरुवात

    काठमाडौं :इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले विजयी सुरुवात गरेको छ । गएराति देखि शुरु भएको नयाँ सिजनमा युनाइटेडले विजयी सुरुवात गरेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा गएराति भएको खेलमा युनाइटेडले फुलहमलाई १–० गोलले हराएको थियो ।

    हालै युनाइटेडमा आबद्ध भएका नेदरल्यान्ड्सका फरवार्ड जोशुआ जिर्कजीले खेलको ८७ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै उसले तीन अङ्क जोडेको छ । प्रिमियर लिगमा युनाइटेड २० पटकको च्याम्पियन टोली हो ।

    गएको सिजन युनाइटेड आठौँ स्थानमा रहेको थियो । फुलहमले १३ औँ स्थानमा रहँदै लिगको अन्त्य गरेको थियो । अघिल्लो सिजन म्यानचेस्टर सिटीले उपाधि जितेको थियो । यसपटक प्रिमियर लिगमा बढुवा भएका लेस्टर सिटी, इपस्विप टाउन र साउथह्याम्पटनसहित २० टोली सहभागी छन् । आज ६ वटा खेल हुँदैछन् । नयाँ सिजनको प्रिमियर लिग सन् २०२५ को मे २५ तारिखसम्म चल्नेछ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ