कात्तिक १६, काठमाडौं : टी-२० विश्वकप एसिया छनोटअन्तर्गत आज ओमान र नेपालबीच खेल भइरहेको छ। ओमानले नेपालसामु जितका लागि १ सय ४६ रनको लक्ष्य प्रस्तुत गरेको छ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको ओमानले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रनको योगफल बनाएको थियो।ओमानका लागि जीशान मकसूदले ३२ रन, प्रतीकले २४ रन, अयान खानले १८ रन,नसीम खुशीले २५ रन र शकील अहमदले २२ रन बनाएका थिए। अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।
बलिङमा नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट तथा सोमपाल कामी र सन्दीप लामिछानेले समान २-२ विकेट लिएका थिए। यसैगरी, अभिनाष बोहोरा , गुल्शन झा समान १–१ विकेट लिएका थिए।
सोमपाल कामीले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ५० विकेटको आँकडा पार गरेका छन्। ओमानविरुद्धको खेलमा आज २ विकेट लिएसँगै सोमपालको ५० विकेट पुगेको हो। ५३ खेलमा ५० औँ विकेट पूरा गरेका कामीले आज ४ ओभरमा १६ रन दिएर २ विकेट लिए।



