२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

टी-२० विश्वकप एसिया छनोटमा नेपालमाथि ५ रनले जित निकाल्दै ओमान समूह विजेता

images

  • २०८० कात्तिक १६, बिहीबार
  • 641
    SHARES
  • टी-२० विश्वकप एसिया छनोटमा नेपालमाथि ५ रनले जित निकाल्दै ओमान समूह विजेता

    कात्तिक १६, काठमाडौं : ओमानले टी–२० विश्वकप एसिया छनोट खेलमा नेपालमाथि ५ रनको सानदार जित निकाल्दै समूह विजेता हुँदै सेमिफाइनलमा पुगेको छ। सेमिफाइनलमा समूह ‘ए’को विजेताले समूह ‘बी’को उपविजेतासँग खेल्नेछ। समूह ‘बी’बाट युनाइटेड अरब इमिरेट्स (यूएई)ले अन्तिम चारमा स्थान बनाइसक्दा अर्को एक टिमको टुंगो लाग्न बाँकी छ।

    जितका लागि ओमानले दिएको १४६ रन लक्ष्य नेपालले २० ओभरमा सबै विकेट गुमाएर १४० रन मात्र जोड्न सक्यो। नेपालका लागि विवेक यादवले सर्वाधिक ३९ रन बनाएका थिए। कुशल भुर्तेलले २६ रन, आसिफ शेखले ५ रन, कुशल मल्लले १० रन, तथा रोहित पौडेल,सन्दीप जोरा र सोमपाल कामीले समान १२ रन बनाएका थिए।

    त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको ओमानले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४५ रनको योगफल बनाएको थियो।ओमानका लागि जीशान मकसूदले ३२ रन, अयान खानले १८ रन,नसीम खुशीले २५ रन र शकील अहमदले १२ रन, बनाएका थिए। अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। 


    बलिङमा नेपालका लागि करण केसीले सर्वाधिक ३ विकेट तथा सोमपाल कामी र सन्दीप लामिछानेले समान २-२ विकेट लिएका थिए। यसैगरी, अभिनाष बोहोरा , गुल्शन झा समान १–१ विकेट लिएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ