२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

साफ यू–२० च्याम्पियनसिपको उपाधि बंगलादेशले जित्यो , नेपाल स्तब्ध

images

सत्कार खबर
  • २०८१ भदौ १२, बुधबार
  • 1.1K
    SHARES
  • साफ यू–२० च्याम्पियनसिपको उपाधि बंगलादेशले जित्यो , नेपाल स्तब्ध

     काठमाडौं: बंगलादेशले नेपाललाई पराजित गर्दै साफ यु–२० च्याम्पियनसिपको उपाधि जितेको छ । बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न फाइनल खेलमा बंगलादेशले नेपाललाई ४–१ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।

    खेलमा बंगलादेशले पहिलो हाफको अन्त्यमा पहिलो गोल गरेको थियो । बंगालदेशका लागि पहिलो गोल मिरजुल इस्माइलले गरेका थिए । त्यसपछि दोस्रो गोल मिराजुलले नै खेलको ५५औँ मिनेटमा गरेका थिए ।

    त्यस्तै बंगलादेशका लागि तेस्रो गोल खेलको ७१औँ मिनेटमा रब्बी हुसेनले गरेका थिए भने ९० मिनेटको इन्जुरी समयपछि बंगलादेशक पियास अहमद नोभाले चौथो गोल गरेका थिए ।नेपालका लागि एक गोल समीर तामाङले ८०औँ मिनेटमा गरेका हुन् ।योसँगै बंगलादेशले पहिलो पटक साफ यु–२० च्याम्पियनसिपको उपाधि जितेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ