२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

एमजीको जेडएस ईभीमा विशेष छुट, एमजी फोरमा आकर्षण बढ्दो

images

  • २०८१ भदौ १५, शनिबार
  • 576
    SHARES
  • एमजीको जेडएस ईभीमा विशेष छुट, एमजी फोरमा आकर्षण बढ्दो

    काठमाडौँ : नाडा अटो शोमा एमजीको विद्युतीय स्पोर्टस कार साइबरस्टार प्रदर्शनीमा राखिएको थियो । मंगलबारबाट सुरु भएको अटो शोको दोस्रो दिन भने उक्त साइबरस्टार हटेको छ । उक्त विद्युतीय स्पोर्टस कार साइबरस्टार बिक्री भएको र एमजीका लागि उपलब्ध स्टल पनि साँघुरो भएकाले उक्त कारलाई प्रदर्शनीमा नराखिएको हो । यो कारमा उपभोक्ताको ओइरो नै लागेको थियो ।

    mga.jpg
    nada auto show 2024 


    यसका साथै एमजीको सदाबहार विद्युतीय कार जेडएस ईभी र एमजी फोर ईभी नाडा अटो शो २०२४ मा राखिएको छ। एमजी जेडएस ईभी नेपाली बजारमा पूर्णरुपमा सफल भएको विद्युतीय कार हो । यो कार नेपाली उपभोक्ताले चलाएको ५ वर्ष भइसकेको छ ।

    एमजीको नेपालका लागि आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले नाडा अटो शो कै अवसरमा जेडएस ईभीमा विशेष छुटको व्यवस्था गरेको छ । एमजी मोटर्सको १ सय वर्ष पूरा भएको अवसरमा प्रिन्सिपल कम्पनीकै सहयोगमा पारामाउन्ट मोटर्सले जेडएस ईभीमा विशेष छुटको अफर ल्याएको हो ।

    एमजी जेडएस ईभी डिलक्स स्ट्यान्डर्ड भर्सनको एमजीको एकसय वर्ष पूरा भएको अवसरमा छुट दिएको हो । कम्पनीले जेडएस ईभी डिलक्स स्ट्यान्डर्डको मूल्य ४६ लाख ९९ हजार रुपैयाँ तोकेको छ । यो मूल्य अक्टोबर ५ सम्मका लागि लागु हुने कम्पनीले जनाएको छ। पारामाउन्टले एमजीको सय वर्ष पूरा भएको विशेष अवसरमा नेपाली उपभोक्तालाई पनि नाडा तथा दसैँतिहारमा विशेष अवसर उपलब्ध गराएको जनाएको छ ।

    यसअघि यो विद्युतीय एसयूभीको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ थियो । अक्टोबर ५ पछि पनि जेडएस ईभीको मूल्य पुरानै हुने कम्पनीको भनाइ छ । सुरक्षा र विभिन्न सेवासुविधामा समेत अब्बल एमजी जेडएस ईभीमा ६ वटा एयरब्याग्स, हिल लन्च, असिस्ट, स्पीड असिस्टेन्स सिस्टम, वायरलेस चार्जिङलगायतका सुविधा छन् ।

    त्यस्तै प्रिमियम ह्याचब्याक सेगमेन्टको एमजी जेडएस ईभी नेपाली उपभोक्ताको रोजाइमा परेको विद्युतीय कार हो । स्पार्टि लुक्स आकर्षक डिजाइनले यो विद्युतीय कार धेरैको रोजाइमा परिरहेको छ ।

    एमजीले विद्युतीय कार बिक्रीका साथै सर्भिस सेन्टरको विस्तारलाई पनि प्राथमिकतामा राखेको छ। हाल ललितपुरको कुसुन्तीमा सर्भिस सेन्टर सञ्चालन गरिरहेको र अबको केही समयमै काठमाडौंका दुई स्थानमा सर्भिस सेन्टर सञ्चालनमा ल्याउने कम्पनीले वनाएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ