२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

चाडपर्वको मुखमा नेपाली बजारमा आयो ‘नामी’ ब्रान्डको ‘दामी’ गाडी, ३० मिनेटमै ८० प्रतिशतसम्म चार्ज

images

  • २०८१ भदौ १५, शनिबार
  • 641
    SHARES
  • चाडपर्वको मुखमा नेपाली बजारमा आयो ‘नामी’ ब्रान्डको ‘दामी’ गाडी, ३० मिनेटमै ८० प्रतिशतसम्म चार्ज

    काठमाडौँ : के तपाईं ‘लक्जरियस’ विद्युतीय गाडी (ईभी) कम मूल्यमा खोज्दै हुनुहुन्छ ? अझै त्यो पनि नेपाली सडक अनुसार ‘ग्राउन्ड क्लियरेन्स’ र ‘रेन्ज’ दिने । यो पटकको चाडपर्वमा उत्साह ल्याउने गरी नेपाली बजार आएको ‘नामी’ ब्रान्डको ‘दामी’ गाडीले यसको जवाफ दिइरहेको छ ।


    ‘नाडा अटो शो २०२४’ मार्फत् सार्वजनिक नामीले कम मूल्यमा, ५ रेटिङ सेफ्टी फिचर भएको तीन भेरिएन्टमा लामो रेन्ज दिन सक्ने गाडी ल्याएको हो । त्यसैले शोमा रहेको नामीको स्टलमा ग्राहक र अवलोकनकर्ताको घुँइचो छ । सेफ्टी फिचर र लक्जरि

    nammi ev auto show.jpg
    NADA AUTO SHOW 2024 NAMMI EV 

    यस गाडी, त्यो पनि इन्ट्री लेभलको मूल्यमा पाइने भएकाले नामी गाडी आकर्षणका रूपमा छ । सस्तो पेट्रोल गाडी चढिरहेकाहरू जो ईभीमा जान चाहन्छन् र नयाँ सवारीसाधन किन्ने ग्राहकका लागि उपयुक्त हुने नामी नेपाली बाटो सुहाउँदो समेत छ ।

    कम मूल्यमा हाई रेन्ज दिने र सामान्य अफरोडमा समेत उपयुक्त हुने यो गाडीले नेपाली बजारमा छिट्टै आफ्नो पहिचान स्थापित गराउने देखिएको छ । डोङफेङ मोटर्सको उत्पादन नामीका गाडी अहिले नाडा अटो शोमा ई–१ बाहेक दुई भेरिएन्ट सार्वजनिक भएको छ । नामीले मोडेल ई–१ ई–२ र ई–३ नेपाल ल्याएको छ । ई–१ भने आउने क्रममा छ ।

    ई–१ र ई–२ मा ब्याट्री अप्सन ३१.४ किलोवाट छ भने ई–३ मा ४२.३ किलोवाट आवरको ब्याट्री अप्सन छ । १७५ एमएम अग्लो ग्राउन्ड क्लियरेन्स भएका कारण यसले नेपालको बाटोका लागि सहजै यात्रा गराउन सक्छ ।


    त्यस्तै लिथियम आइरन फस्फेट ब्याट्री प्याकसँग पिक पावर ७० किलोवाटको इलेक्ट्रिक मोटर यो गाडीको तीनवटै भेरिएन्टमा दिइएको छ । ई–१ र ई–२ मोडेल ३ सय ३० किलोमिटर र ई–३ मोडेलको नामीले ४ सय ३० किलोमिटरसम्म रेन्ज दिन्छ । डिसी फास्ट चार्जर प्रयोग गरी यसलाई ३० मिनेटमै ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।

    यो गाडीको अगाडि दुइटा मात्रै एयरब्याग छ । नामी ई–१ को मूल्य २९ लाख ९९ हजार, ई–२ को मूल्य ३१ लाख ९९ हजार र ई–३ को मूल्य ३४ लाख ९९ हजार तोकिएको छ । उपयुक्त मूल्य र आरामदायी यात्राका लागि नयाँ सवारीसाधन किन्नेलाई नामी राम्रो विकल्प हुन सक्छ ।

    चाइनिज एनक्यापमा ५ स्टार सेफ्टी रेटिङ पाएको यो गाडीमा भेहिकल स्टेबिलिटी एसिस्टेन्ससँग इबीडी सहित एबीएस, हिल स्टार्ट एसिस्ट, इलेक्ट्रोनिक्स स्टेबिलिटी कन्ट्रोल, ब्रेक एसिस्ट, ट्र्याक्सन कन्ट्रोल र एडास जस्ता आधुनिक सेफ्टी फिचर छन् ।


    नामीको गाडीमा एक्सटेरियरको कुरा गर्दा स्लिक डिजाइनमा छ भने एलईडी लाइटले यसलाई आकर्षक बनाएको छ । १७ इन्चको ह्विल, फ्लस ह्यान्डल बार, फ्रेमलेस डोर, डुअल टोन बडी कलर भएको यो नामीमा लक्जरी क्याबिन समेत छ । इन्टेरियरमा मेमोरी सहित वेलकम सिट, लेदरले र्याप भएको स्टेरिङ ह्विल, १२.८ इन्चको एचडी स्क्रिन यसमा दिएको छ ।

    नामीमा आधुनिक फिचरमा वायरलेस चार्जर, पाँच इन्चको इन्फर्मेसन डिस्प्ले, ३२ कलरमा एम्बियन्ट लाइट छ । ३६० डिग्री क्यामरा रहेको यो ईभीमा नर्मल, इको र स्पोर्टस् गरी तीन ड्राइभिङ मोड युज गर्न सकिन्छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ