२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

पारामाउन्ट मोटर्सले ल्यायो ‘वुलिङ बिङ्गो’ इभीको खरिदमा नाडा दसैं अफर

images

  • २०८१ भदौ १५, शनिबार
  • 511
    SHARES
  • पारामाउन्ट मोटर्सले ल्यायो ‘वुलिङ बिङ्गो’ इभीको खरिदमा नाडा दसैं अफर

    काठमाडौँ : नेपालमा वुलिङ मोटर्सका अधिकृत वितरक र आयातक पारामाउन्ट मोटर्सले वुलिङ बिङ्गो इभी इलेक्ट्रिक ह्याचब्याकमा विशेष अफर सार्वजनिक गरेको छ । नाडा दसैंको अवसरमा वुलिङ बिङ्गो इभी आकर्षक दरमा उपलब्ध गराइएको कम्पनीको भनाइ छ । यो इभी नाडा शोमा खरिद गर्दा २९ लाख ९९ हजार रूपैयाँमा पाउन सकिने छ ।

    यो अफर सीमित समयको लागि लागु हुने कम्पनीको भनाइ छ । साइजमा सानो तर प्रशस्त ठाउँ भएको यो इभीका आयामहरू ३,९५० / १,७०८/१,५८० मिमी छन् । जसले यात्री र सामानको लागि प्रशस्त स्थान उपलब्ध गराउँछ । मजबुत चेसिस र १५’’ स्टिलका चक्कासँग १८५-६० आर १५ टायरले यसलाई कुनै पनि सतहमा स्थिर र सहज यात्रा सुनिश्चित गर्दछ । साथै, अगाडि र पछाडि दुबै चक्कामा डिस्क ब्रेकले यात्रुको सुरक्षा सुनिश्चित गर्दछ ।


    यो प्रिमियम ह्याचब्याक उच्च–प्रदर्शन लिथियम फेरो–फास्फेट ब्याट्रीसँग सुसज्जित छ र आइपी ६७ मानकको छ, जसले एक पटकको चार्जमा ३३३ किमि सम्मको दायरा उपलब्ध गराउँछ । यसको ५० केडब्ल्यु ड्राइभ मोटरले १२० किमि-घण्टा सम्मको अधिकतम गति प्रदान गर्दछ, जसले दक्षता र रोमाञ्चक प्रदर्शनलाई मिलाउँछ ।

    बिङ्गो इभीले डुअल फ्रन्ट एयरब्याग, एबिएस र इबिडी इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल र अन्य सुरक्षाका उपायहरू जस्तै पार्किङ र रियर क्यामेरा, आइएसओ एफआइएक्स र टायर प्रेसर मानिटरिङ सिस्टमलाई प्राथमिकता दिन्छ ।

    ‘हामी हाम्रो ग्राहकलाई यो विशेष नाडा दसैं प्रस्ताव प्रस्तुत गर्न पाउँदा खुशी छौँ,’ पारामाउन्ट मोटर्सका प्रवक्ताले भने, ‘वुलिङ बिङ्गो इभी इलेक्ट्रिक मोबिलिटीको भविष्यलाई प्रतिनिधित्व गर्दछ यसको शीर्षस्तरको सुरक्षाका सुविधाहरू र नविनतम प्रविधिसँग । हामी सबैलाई यस सीमित समयको प्रस्तावको फाइदा लिन र यो पर्वको मौसमलाई एक अद्वितीय गाडीको साथ मनाउन आमन्त्रण गर्छौं ।’

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ