२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

टाटा मोटर्सले ल्यायो उत्साह, उमङ्गको दसैँ योजना

images

  • २०८१ भदौ १५, शनिबार
  • 786
    SHARES
  • टाटा मोटर्सले ल्यायो उत्साह, उमङ्गको दसैँ योजना

    काठमाडौँ : नेपालको लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा. लि.ले यो वर्षको दसैँलाई लक्षित गर्दै विभिन्न आकर्षक योजना सार्वजनिक गरेको छ । यस अन्तर्गत टाटाको प्रत्येक कमर्सियल गाडी खरिद गर्दा होम अप्लायन्स, ग्याजेट वा टुर प्याकेज मध्ये एक रोजेर लिन सक्नेछन् ।


    होम अप्लायन्स अन्तर्गत वासिङ्ग मेसिन, फ्रिज, एसी, टि.भी, माइक्रो वेभ छन् भने ग्याजेट अन्तर्गत आईफोन, एयरपड, म्याकबुक, एपल वाच प्राप्त गर्न सकिन्छ । यस्तै टुर प्याकेज अन्तर्गत मरिसस, ब्याङ्कक, मलेसिया, दुबई वा युरोप रहेका छन् । यस्तै बुकिङ गराउँदा पनि ग्राहकहरूले स्मार्ट वाच वा इयरबड प्राप्त गर्न गर्न सक्नेछन् ।

    यो योजना टाटाको ट्रक, टिपर, बस, मिनि ट्रक, मिनि टिपर, योद्धा, एस, विङ्गर, इन्ट्रा र म्याजिक जस्ता गाडीहरूको खरिदमा लागु हुने र आफूले खरिद गरेको गाडी अनुसार विभिन्न योजनामा सहभागी हुन सक्ने कम्पनीले जनाएको छ ।


    सिप्रदी ट्रेडिङ्ग कमर्सियल भिहेकल बिजनेस युनिटका सिनियर जेनरल म्यानेजर अनुपमणि ढकालका अनुसार यो योजना असोज १४ गते सम्म लागू हुनेछ ।


    विस्तृत जानकारी का लागि पैसा नलाग्ने टोल फ्री नम्बर १६६००१५५७७७ (नेपाल टेलिकमका प्रयोगकर्ताका लागि) र ९८०१५७५७७७ (एनसेलका प्रयोगकर्ताका लागि) मा सम्पर्क गर्न सकिने छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ