२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
नाडा अटो शो २०२४

नाडा अटो शो २०२४ मा स्काईवेलका ४३ भन्दा बढि गाडी बुकिङ

images

  • २०८१ भदौ १५, शनिबार
  • 571
    SHARES
  • नाडा अटो शो २०२४ मा स्काईवेलका ४३ भन्दा बढि गाडी बुकिङ

    काठमाडौँ : विश्वको ६५ देशमा बिक्री हुने गाडी चीनमा बनेको सबैभन्दा बढि रेन्ज दिने स्काईवेललाई नेपालको आधिकारिक बिक्रेता जि मोटर्स प्रा.लि.ले बजारमा ल्याएको छोटो समयमा ५० भन्दा बढि बिक्री भइसकेको छ ।

    नाडा अटो शो २०२४ मा जि. मोटर्सले स्काईवेलका २ भेरियन्टका गाडी लञ्च गरी बिक्रीमा राखेको छ । जसमा बिइ–११ का ४१० कि.मि. र ५२० कि.मि.का गाडी रहेका छन् । पहिला नै नेपाल ल्याएको स्काईवेल इटी–५ भन्ने ६२० कि.मि. रेन्जको रहेको छ ।

    अटो शोमा आज शुक्रबारसम्म ४३ भन्दा बढि गाडी बुक भएको जि मोटर्सका प्रबन्ध निर्देशक कैलाशबाबु गेलालले बताएका छन् ।गेलालकाअनुसार ४१० कि.मि. रेन्जको गाडी १३ भन्दा बढि बुक भएका छन् । ५२० कि.मि. रेन्जका गाडी २२ ओटा बुक भएका छन् भने ६२० कि.मि. रेन्जको गाडी ८ ओटा बुक भएको छ ।

    स्काईवेल गाडी हाई प्रोफाइल भएका मानिसहरुले बढि मन पराएका छन् । किनकी यो गाडी लङ्ग रेन्जको लागि एकदमै राम्रो, बोल्ड लुक्स हुनुका साथै लामो यात्रा गर्नेहरुका लागि लग्जरी र प्रिमियम रहेको छ । अफरोड एडभेन्चर मन पराउने र कम्प्लीट इभि एसयूभिको डिजाइन मन पराउने ग्राहकहरुले यो स्काईवेल मन पराएका छन् ।

    आजै मात्र धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालले आज भृकुटीमण्डमा सुरु भएको अटो मेलामा आई सबैभन्दा लङ्ग रेन्ज दिने प्रिमियम ईभि यसयुभि स्काईवेल गाडी बुक गरेका छन् ।

    स्काइवेल बिइ–११ गाडीमै सिल्पिङ बेड रहेको हुँदा अफरोड बाटोमा पारिवारिक रुपमा कतै टाढा घुम्न जाँदा पनि गाडी मै सुत्न सकिने व्यवस्था रहेको छ । अफरोड सडकहरुमा स्काइवेलका गाडीहरु राम्रोसँग लैजान सकिन्छ ।

    स्काईवेल गाडीमा ३०० मिटर टाढासम्म उज्यालो दिने लाइट रहेको छ । १५० किलोवाटको मोटर भनेको १५०० सिसिको गाडी बराबर हो । नाडा अटो शो मा आउने ग्राहकहरुले स्काइवेल गाडीलाई मन पराएका छन् । नेपालमा आउने स्काईवेलका गाडी युरोप, युके र अष्ट्रेलियाका लागि बनेका गाडी नेपालमा आएका छन् । स्काईवेल गाडीको कमर्सियल भेहिकल पनि बनेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ