कात्तिक १६, काठमाडौं : आज आईसीसी एकदिवसीय विश्वकपमा भारत र श्रीलंकाबीच खेल भइरहेको छ। भारतले श्रीलंकासामु जितका लागि ३ सय ५७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
वानखडेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ५८ रन बनायो। भारतका लागि शुभमन गिलले ९२ रन, विराट काेहली ८८ रन र श्रेयस ऐरले ८२ रन बनाएका थिए। तीनै ब्याटर शतक नजिक पुगेर आउट भएका थिए।
बलिङमा श्रीलंकाका दिलशन मदुशनाकाले ५ विकेट लिएका थिए भने दुश्मान्था चामिराको नाममा १ विकेट लिएका थिए।
भारत ६ खेलमा १२ अङ्कसहित तालिकाकाे दाेस्राे स्थानमा छ भने श्रीलंका ६ खेलमा ४ अङ्कसहित साताैँ स्थानमा छ।



