२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नाडा अटो शो २०२४ मा नामी ७१७, सेरेस २१० र दिपलका १६५ विद्युतीय कार बुकिङ

images

  • २०८१ भदौ १७, सोमबार
  • 926
    SHARES
  • नाडा अटो शो २०२४ मा नामी ७१७, सेरेस २१० र दिपलका १६५ विद्युतीय कार बुकिङ

    काठमाडौँ : नाडा अटो शो २०२४ मा एमएडब्लू वृद्धि अटोकर्प अन्तर्गतका ३ इभी कार बिक्रेता कम्पनीले उल्लेख्य मात्रामा बुकिङ गरेका छन् । एमएडब्लू वृद्धि अटोकर्प अन्तर्गतका चिनियाँ विद्युतीय सवारी ब्रान्डमा ६ दिनसम्म चलेको नाडा अटो शो २०२४ मा अवलोकन कर्ताहरूको राम्रो भिड लागेको थियो।

    यो वर्षको अटो शोमा चर्चित विद्युतीय ह्याचब्याक कार नामीको सबैभन्दा धेरै बुकिङ भएको छ। ६ दिने अटो शोमा ७ सय १७ वटा नामी ०१ ईभी बुकिङ भएको छ। नामी गाडी हेर्दा पनि असाध्यै दामी देखिएको थियो ।

    त्यस्तै सेरेस इभि एसयूभी कार २१० वटा बुकिङ भएको छ । गत वर्षको अटो शोमा सेरेस सबैभन्दा धेरै बुकिङ भएको थियो ।

    नाडा अटो शो २०२४ मा धेरै अवलोकनकर्ताको रोजाइको स्टल दिपलको थियो । आकर्षक दिपल एस ०७ र एल ०७ ले धेरैको ध्यान खिच्न सफल भएको थियो । सोहीकारण यो वर्षको नाडा अटो शोमा दिपलका एस ०७ र एल ०७ कार १६५ वटा इभि कार बुकिङ भएका छन् । नाडामा राखिएका कारमध्ये नामी र दिपलका गाडीहरु असाध्यै राम्रो लुक्स भएका गाडी हुन् ।

    एमएडब्लू वृद्धि अटोकर्पका तीन ब्रान्ड नामी, सेरेस र दिपलका कुल १ हजार ९२ वटा विद्युतीय कार बुकिङ भएको कम्पनीको भनाइ छ ।

    deeptal.jpg
    NADA AUTO SHOW 2024 

    t series.jpg

    nammi.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ