२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सन्दीप लामिछानेविरुद्ध सर्वोच्च जाने उच्च सरकारी वकिलको निर्णय

images

सत्कार खबर
  • २०८१ भदौ १७, सोमबार
  • 721
    SHARES
  • सन्दीप लामिछानेविरुद्ध सर्वोच्च जाने उच्च सरकारी वकिलको निर्णय

    काठमाडौं :नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीमा मुद्दा चलाउनुपर्ने रायसहित उच्च सरकारी वकिलको कार्यालयले महान्यायाधिवक्ता कार्यालयमा फाइल पठाएको छ।

    महान्यायाधिवक्ता कार्यालय उच्च स्रोतका अनुसार आइतबार उच्च सरकारी वकिलको कार्यालय पाटनले सर्वोच्चमा पुनरावेदन गर्नुपर्ने रायसहितको प्रतिवेदन र फाइल पठाएको हो ।

    उच्च अदालत पाटनबाट सफाइ दिने निर्णय त्रुटिपूर्ण भएकाले बदर भई बलात्कारमा हदैसम्मको कैद, जरिवाना र क्षतिपूर्ति भराउने फैसला हुनुपर्ने माग पुनरावेदनमा गरिएको छ। यसअघि साउन ११ गते पीडित गौशाला २६ ले लामिछाने विरुद्धको मुद्दा अघि नबढाइदिन आग्रह गर्दै निवेदन दिएकी थिइन् ।

    उनको निवेदनलाई पनि साथै राख्दै लामिछानेविरुद्ध एक तहमाथि (सर्वोच्च)जानुपर्ने आधारहरू रहेको दाबी उच्च सरकारी वकिल कार्यालयले गरेको छ।

    महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता सूर्यराज दाहालले लामिछानेको फाइल महान्यायाधिवक्ता कार्यालय आएको बारे आफू अपडेट नभएको र प्राप्त भएको भए प्रक्रिया अघि बढेर सर्वोच्चमा दर्ता गर्ने वा नगर्ने बारे निर्णय हुने बताए । यदि महान्यायाधीवक्ताले सर्वोच्चमा दर्ता गर्ने निर्णय गरे भने उनी विरुद्ध सर्वोच्चमा मुद्दा विचाराधीन हुनेछ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ