२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एमएडब्लूले नाडा अटो शोमा बिक्री गर्‍यो एक हजारभन्दा बढी सवारी

images

  • २०८१ भदौ १८, मंगलबार
  • 771
    SHARES
  • एमएडब्लूले नाडा अटो शोमा बिक्री गर्‍यो एक हजारभन्दा बढी सवारी

    काठमाडौँ : एमएडब्लू वृद्धि ग्रुपले नाडा अटो शोमा एक हजारभन्दा बढी दुई पांग्रे तथा चार पांग्रे सवारी बिक्री गरेको बताएको छ । सो ग्रपले ग्राहकमा जगाएको विश्वास र विश्वसनीयताका कारण यो कोसेढुंगा पार भएको कम्पनीले जनाएको छ ।

    एमएडब्लू ग्रुपले नेपाली अटोमोटिभ उद्योगमा विश्वसनीयता, रिलायबल तथा इन्नोभेटिभ ब्रान्ड विस्तार गर्दै आएको बताएको छ । भदौ ११ देखि १६ गतेसम्म ६ दिन चलेको नाडा अटो शोमा ग्रुपले यामाहा, फोटोन, सोकोन, डोङफेङ, नामी, चांगन, दीपाल, अवतार र सेरेस लगायतका ब्रान्डहरूको लाइनअप प्रदर्शनमा राखेको बताएको छ ।

    ग्रुपका निर्देशक विष्णु अग्रवालले ग्राहकको अविश्वसनीय प्रतिक्रियाले आफ्नो अपेक्षा पुरा गरेको बताउँदै यो एमएडब्लुको टिमको कडा परिश्रम र समर्पण र ग्राहकको विश्वासको प्रमाण भएको बताउनुभयो । प्रबन्ध निर्देशक विवेक सिकरियाले यसले प्रतिनिधित्व गर्ने ब्रान्डहरूमा ग्राहकहरूको विश्वासको लागि कृतज्ञता व्यक्त गर्नुभयो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ