२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

एन्फा महिला लिग फुटबलमा आज दुईवटा खेल ,चन्द्रपुर र कर्णाली तथा एपीएफ र नेपाल पुलिस भिड्ने

images

  • २०८१ भदौ १८, मंगलबार
  • 1.1K
    SHARES
  • एन्फा महिला लिग फुटबलमा आज दुईवटा खेल ,चन्द्रपुर र कर्णाली तथा एपीएफ र नेपाल पुलिस भिड्ने

    काठमाडौं : एन्फा महिला लिग फुटबलमा आज दुईवटा खेल हुँदैछ । पहिलो खेलमा झापाको चन्द्रपुर नगरपालिका र कर्णाली प्रदेश खेल्दैछन् । यो खेल एन्फा कम्प्लेक्स सातदोबाटो ललितपुरमा दिउँसो साढे १२ बजे शुरू हुनेछ ।

    यस्तै आजको दोस्रो खेलमा विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लब र नेपाल पुलिस क्लब खेल्दैछन् । यो खेल दिउँसो सवा ४ बजे एन्फा कम्प्लेक्समै शुरू हुनेछ ।अखिल नेपाल फुटबल सङ्घ (एन्फा ) को आयोजना अस्तिदेखि शुरू भएको लिगमा १० टोली सहभागी छन् ।

    उद्घाटन खेलमा कोशी प्रदेशले स्याङ्जाको वालिङ नगरपालिकालाई ४–० गोलले र हिजो भएको खेलमा बाग्मतीले सुदूरपश्चिम प्रदेशलाई ५–१ गोलले हराउँदै विजयी सुरुवात गरेका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ