काठमाडौँ : नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले चाडपर्वको अवसरमा ‘निसान फेस्टिभ डिल’ नामक विशेष छुट योजना ल्याएको छ। यो योजना निसानका सबै मोडेलहरू निसान म्याग्नाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ, र निसान एक्स–ट्रेलमा लागू हुनेछ।
यस योजना अन्तर्गत ग्राहकहरूले विभिन्न सुविधाहरू पाउनेछन्, जसमा १ वर्षको निःशुल्क गाडी बीमा, ३ वर्षको निःशुल्क सडक कर, निःशुल्क सर्भिसिङ, ३ वर्षको वारेन्टी, र १५ लाख रुपैयाँसम्मको छुट समावेश छ। निसान म्याग्नाइट जस्ता लोकप्रिय एसयूभीहरूमा ग्राहकहरूले ८०% सम्मको सहज फाइनान्सिङ र ६ वर्षसम्मको ‘नो रनिङ कस्ट’ सुविधा पनि प्राप्त गर्न सक्नेछन्।
त्यसैगरी, निसान एक्स–ट्रेल जस्ता अन्य मोडेलहरूमा ग्राहकले १८ वर्षसम्मको ‘नो रनिङ कस्ट’को मज्जा लिन सक्नेछन्। योजना अवधिभर विभिन्न मोडलका गाडी उत्कृष्ट मूल्यमा सहज फाइनान्सिङ र विशेष छुटका साथ खरिद गर्न सकिनेछ, जसले चाडपर्वको समयलाई थप उत्सवमय बनाउने विश्वास कम्पनीले लिएको छ।






