२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
आईसीसी एक दिवसीय विश्वकप

आईसीसी एकदिवसीय विश्वकपमा श्रीलंकालाई ५५ रनमा अल आउट गर्दै भारत सेमिफाइनलमा

images

  • २०८० कात्तिक १६, बिहीबार
  • 731
    SHARES
  • आईसीसी एकदिवसीय विश्वकपमा श्रीलंकालाई ५५ रनमा अल आउट गर्दै भारत सेमिफाइनलमा

    कात्तिक १६, काठमाडौँ : आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले श्रीलंकालाई ३०२ रनले हराएको छ। लगातार सातौं जितसँगै भारत सेमिफाइनलमा स्थान बनाउने पहिलो टिम बनेको छ। जितका साथ शीर्षस्थानमा रहँदै दुई खेल अगावै सेमिफाइनल खेलेको हो। 

    भारतले दिएको ३ सय ५८ रनको विशाल लक्ष्य पछ्याएको श्रीलंका १९.४ ओभरमा ५५ रनमा अल आउट भयो। श्रीलंकाका लागि ३ खेलाडी बाहेकले अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन्। 


    बलिङमा भारतका मोहम्मद शमी सर्वाधिक ५ विकेट लिएका थिए। यस्तै, मोहम्मद सिराजले ३ तथा रविन्द्र जडेजा र जस्प्रित बुमराह समान १/१ विकेट लिएका थिए।

    वानखडेमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय ५८ रन बनायो। भारतका लागि शुभमन गिलले ९२ रन, विराट काेहली ८८ रन र श्रेयस ऐरले ८२ रन बनाएका थिए। तीनै ब्याटर शतक नजिक पुगेर आउट भएका थिए।

    बलिङमा श्रीलंकाका दिलशन मदुशनाकाले ५ विकेट लिएका थिए र दुश्मान्था चामिराको नाममा १ विकेट लिएका थिए। भारत ७ खेलमा सबै खेल जित्दै १४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ