२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

फिफा विश्वकप दक्षिण अमेरिकी छनोटमा चिलीविरुद्ध अर्जेन्टिनाको सहज जित

images

सत्कार खबर
  • २०८१ भदौ २१, शुक्रबार
  • 826
    SHARES
  • फिफा विश्वकप दक्षिण अमेरिकी छनोटमा चिलीविरुद्ध अर्जेन्टिनाको सहज जित

    काठमाडौं : फिफा विश्वकप दक्षिण अमेरिकी छनोटमा  साबिक विजेता अर्जेन्टिनाले चिलीविरुद्ध ३–० को सहज जित निकालेको छ। जितसँगै शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले सात खेलबाट १८ अंक जोडेको छ। पराजित चिली समान खेलबाट पाँच अंकका साथ नवौं स्थानमा छ।

    मास मोनुमेन्टल रंगशालामा घरेलु टोली अर्जेन्टिनालाई जित दिलाउन म्याक एलिस्टर, जुलियन अल्भारेज र पाउलो डिबालाले गोल गरे। तीनै गोल दोस्रो हाफमा भएको थियो।

    खेलको ४८औं मिनेटमा एलिस्टरको गोलमार्फत अर्जेन्टिनाले अग्रता लिएको थियो। उनले अल्भारेजको पासलाई सदुपयोग गरे। निर्धारित समय सकिन ६ मिनेट बाँकी रहँदा अल्भारेजले टोलीको अग्रता दोब्बर बनाए। उनले जियोभानी लो सोल्सोको पासलाई गोलमा परिणत गरे। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ