२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कांग्रेसले ग-यो पलेशालाई ५ लाख रुपैयाँसहित सम्मान

images

सत्कार खबर
  • २०८१ भदौ २३, आइतबार
  • 766
    SHARES
  • कांग्रेसले ग-यो पलेशालाई ५ लाख रुपैयाँसहित  सम्मान

    काठमाडौं :प्रमुख सत्तारुढ नेपाली कांग्रेसले पाराओलम्पिक खेलमा कास्य पदक विजेता पलेशा गोवर्धनलाई सम्मान गरेको छ।

    पारा ओलम्पिकमा ऐतिहासिक कास्य विजेता तेक्वन्दो खेलाडी पलेशालाई कांग्रेसले नगद ५ लाख रुपैयाँसहितसहित सम्मान गरेको हो ।

    कांग्रेसको खेलकुद विभागले पार्टी कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रममा सभापति शेरबहादुर देउवासहित पदाधिकारीले कास्य पदक विजेता गोवर्धनसहित टोलीका सदस्यहरूलाई नगदसहित सम्मान गरेका हुन् ।

    कांग्रेसले ऐतिहासिक पदक विजेता पलेशालाई नगद ५ लाख रुपैयाँसहित सम्मान पत्र प्रदान गरेको छ ।

    प्रशिक्षक कविराज नेगी लामालाई १ लाख ५० हजार प्रदान गरिएको छ । यसैगरी, प्रतियोगितामा सहभागी भएका अर्का खेलाडी भरत सिंह महतालाई नगद ५० हजार प्रदान गरिएको थियो ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ