२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

विश्वकप लिग–२ : नेपाली टोलीको घोषणा‚ पहिलो खेल क्यानडासँग खेल्ने

images

सत्कार खबर
  • २०८१ भदौ २४, सोमबार
  • 1.1K
    SHARES
  • विश्वकप लिग–२ : नेपाली टोलीको घोषणा‚ पहिलो खेल क्यानडासँग खेल्ने

    काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग–२ का लागि नेपाली टोलीको घोषणा गरेको छ।

    क्यानडामा हुने त्रिकोणात्मक सिरिजका लागि आज क्यानले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय नेपाली क्रिकेट टोलीको घोषणा गरेको हो। 

    टोलीमा विकेटकिपर अर्जुन साउद र रिजन ढकालले पुनरागमन गरेका छन् भने देव खनाल ट्राभल रिजर्भ खेलाडीमा परेका छन्। नेपालसँगै क्यानडा र ओमान रहेको त्रिकोणात्मक शृंखलमा नेपालले पहिलो खेल घरेलु टोली क्यानडासँग खेल्नेछ। 

    क्यानले सोमवार सार्वजनिक गरेको तालिकाअनुसार खेल यही भदौ ३१ गते (सेप्टेम्बर १६) मा हुनेछ। नेपालले आगामी असोज २ गते (सेप्टेम्बर १८ मा) ओमानसँग, असोज ६ गते (सेप्टेम्बर २२ मा) क्यानडासँग र असोज ८ गते (सेप्टेम्बर २४ मा) ओमानसँग खेल्नेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ