२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

 युईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सको सहज जित, इटाली अपराजित

images

  • २०८१ भदौ २५, मंगलबार
  • 791
    SHARES
  •  युईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सको सहज जित, इटाली अपराजित

    काठमाडौं : युईएफए नेसन्स लिगमा फ्रान्सले बेल्जियममाथि सहज जित निकालेको छ।  स्टेडियममा डिडियर डेसच्याम्प्सको घरेलु टोलीले बेल्जियमलाई २–० गोल अन्तरले पराजित गरेको हो। लिग ए समूह २ मा रहेको फ्रान्स पहिलो खेलमा इटलीसँग ३–१ ले पराजित भएको थियो। ​

    इटालिविरुद्ध पूरा समय मैदानमा बिताएका कप्तान केलियन एमबाप्पे यस खेलमा भने सुरुवाती ११ परेका थिएनन्। बेल्जियमले सुरुवातमा केही राम्रा अवसरहरु बनाएपनि गोलमा परिणत गर्न सकेन। २९औं मिनेटमा कोलो मुआनीले डेडलक तोड्दै घरेलु टोलीलाई अग्रता दिलाए।

    फ्रान्सका लागि यो उनको छैठौं गोल थियो। ५७औं मिनेटमा पेरिस सेन्ट–जर्मेन पएसिजीका ओस्मान डेम्बेलेले गोल गरेपछि फ्रान्सले २–० को अग्रता बनायो। एम्बाप्पेलाई दोस्रो हाफको मध्य तिर मैदानमा पठाइएको थियो। उनले दुई पटक राम्रो मौका पाए पनि गोल गर्न सकेनन्।  

    जितसँगै ३ अंक जोडेको फ्रान्स लिग ए समूह २ को दोस्रो स्थानमा उक्लिएको छ। आफ्नो पहिलो खेलमा इजरायललाई ३–१ ले पराजित गरेको बेल्जियम ३ अंक सहित तेस्रो स्थानमा छ। गएराति नै भएको अर्को खेलमा इटालीले इजरायललाई २–१ ले पराजित गरेको छ।

    युरो २०२४ को अन्तिम १६ बाट नकआउट भएको इटालीले लगातार दोस्रो जितसहित नेसन्स लिगमा भने बलियो सुरुवात जारी राखेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ