२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

करातेकी एरिका गुरूङ र टेबल टेनिसका स्यान्टु श्रेष्ठ राखेपको वर्ष उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित

images

सत्कार खबर
  • २०८१ भदौ २७, बिहीबार
  • 991
    SHARES
  • करातेकी एरिका गुरूङ र टेबल टेनिसका स्यान्टु श्रेष्ठ राखेपको वर्ष उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित

    काठमाडौं :  राष्ट्रिय खेलकुद परिषद (राखेप)को ६१ औँ वार्षिकोत्सवमा करातेकी एरिका गुरूङ र टेबल टेनिसका स्यान्टु श्रेष्ठ वर्षका उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित भएका छन् ।

    भद्रकालीमा रहेको आर्मी अफिसर्स क्लबमा हिजो भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अवार्ड दिनुभएको छ ।एरिकाले गएको वर्ष चीनको हाङजाउमा भएको १९औँ एशियाली खेलकुदमा ऐतिहासिक रजत पदक जितेकी थिइन् ।

    त्यस्तै उनले १०औँ सितोरियो कराते विश्व च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् । स्यान्टु पेरिस ओलम्पिक्समा छनोट हुने तेस्रो नेपाली खेलाडी हुन् । अहिले स्यान्टु अष्ट्रेलियामा रहेको कारण उनको बुवाले अवार्ड ग्रहण गरे । एरिका र स्यान्टु दुवैले समान १ लाख रुपैयाँ प्राप्त गरे ।

    वर्ष उत्कृष्ट पारा खेलाडीको अवार्डबाट पलेशा गोवर्धन सम्मानित भएकी छिन् । पलेशाको अभिभावक र प्रशिक्षक कविराज नेगी लामालाई पनि सम्मान गरिएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ